युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने

युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने

केन्द्रबिन्दु
0
Shares

युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरूका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । 

कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरूलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिए । 

विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए । 

कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरूलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिए । 

Logo