साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो।
गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३४५ मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया