राष्ट्रिय सभाका नवनिर्वाचित सांसद खिमलाल देवकोटाले व्यक्तिगतरुपमा आफूलाई चुनावबाट पछि हट्न फकाए र थर्काउने काम भएको बताएका छन्।
निर्वाचित भएपछि सामाजिक संजालमा पहिलो अभिव्यक्ति दिएका देवकोटाले यी र यस्तो काम गर्ने हरुको नाम समयक्रममा आवश्यकता परेमा भन्दै जाने पनि बताएका छन्।
हप्काउने, धम्कि दिने र थर्काउनेहरुको रेकर्डसमेत राखेको देवकोटाले बताए। आफू अडिग रहेको यदि विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो, उनले सामाजिक संजालमा लेखेका छन्। हामी कलंकित हुने थियौं तर मैले त्यसो गरिन उनले लेखेका छन्।
उनले केपी ओलीलाई इंगित गर्दै भागेर, लुकेर, जालसाझी गरेर केही समय सत्तामा रहे पनि सधैं त्यसो नहुने बताए। बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पुरा गर्नुपर्दछ भन्दै उनले निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिँडि बोली र ईमानमा कटिवद्ध रहनु पर्ने बताए।































प्रतिक्रिया