नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ।
अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो। महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ।
त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए। स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भइरहेको सुचनाको आधारमा छापा मारिएको उनले बताए।
एसएसपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताए। दोषिउपर कानुनी कारबाही अगाडि बढाइने उनले बताए। सो कारखाना लगायत मुख्य मुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रहरीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ।





























प्रतिक्रिया