दुई नाबालक हत्या अभियोगमा एक जना पक्राउ

दुई नाबालक हत्या अभियोगमा एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका-७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ३ गते साँझदेखि हराई बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अंसारीका छोराद्वय ९ वर्षीय अमान अंसरी र ७ वर्षीय उसमान अंसारीको सोही उपमहानगरपालिका-११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा कर्तव्य गरी मारेको अवस्थामा जेठ ४ गते शव फेला परेको थियो । 

घटना अनुसन्धानको क्रममा घटनामा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Logo