नेकपा एमाले संसदीय दलको यसअघि सचेतकसमेत रहेकी नेतृ शान्ता चौधरीले प्रतिनिधिसभा नभएकाले नागरिकता विद्येयक अध्यादेशमार्फत ल्याउनु परेको भन्दै सरकारको बचाउ गरेकी छिन्।
उनले विद्येयकमाथि बहस हुँदै गर्दा प्रतिनिधिसभा विघटन भएको बताइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विवादास्पद उक्त अध्यादेश प्रमाणीकरण गरेर जारी गरेपछि पक्ष र विपक्षमा बहस भइरहँदा नेतृ चौधरीको अभिव्यक्ति सार्वजनिक भएको हो।
उनले अध्यादेश र संविधानमा के छ? भन्ने अध्ययन् गरेर मात्रै बहस गर्न आग्रह गरेकी छिन्। संविधानमा उल्लेख भए भन्दा नागरिकता विद्येयकमा केही फरक नभएको दावी उनको छ। बरु संविधानमा केही त्रुटि भए त्यसमा बहस गर्न सकिने उनले बताइन्। चौधरीका अनुसार विद्येयकलाई नाजायज मान्न सकिन्न।
विवादास्पद अध्यादेश जारी भएपछि मधेस केन्द्रित राजनीतिक दल र त्यहाँका नागरिक खुसी भएका छन्।































प्रतिक्रिया