एसईई र कक्षा १२ को परीक्षाबारे एक महिनाभित्र निर्णय हुन्छ: शिक्षामन्त्री

एसईई र कक्षा १२ को परीक्षाबारे एक महिनाभित्र निर्णय हुन्छ: शिक्षामन्त्री

केन्द्रबिन्दु
0
Shares

यस वर्षको एसईई परीक्षा भौतिकरुपमा गर्ने सम्भावना न्युन रहेको सरकारको ठहर छ। शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले परीक्षा कसरी लिने कस्ता विकल्प अपनाउने भन्ने विषयमा छलफल भइरहेको बताएका छन्। तर, भौतिक उपस्थितीको सम्भावना छैन, मन्त्री श्रेष्ठले भने।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले विद्यालयतह अन्तर्गत एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने जिकिर गरे।
त्यसो त अनेरास्ववियुको ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग राखिएको छ।

त्यस्तै अनेरास्ववियुले सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने लगायतको माग राखेको छ।

जवाफमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रालयले विज्ञसँग परामर्श गरि मागहरुको यथोचित सम्बोधन गर्ने बताए। त्यस्तै उनले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताए। 

Logo