काभ्रेमा ३७४ जना संक्रमित थपिए, १४१ निको भए, ७ जनाको मृत्यु

काभ्रेमा ३७४ जना संक्रमित थपिए, १४१ निको भए, ७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ३७४ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १४१ छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ७ जनाको मृत्यु भएको छ। शनिबार ५ जनाको मृत्यु भएको थियो ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार ५४३ पुगेको छ। जसमा २ हजार ८०८ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै निको हुनेको संख्या ४ हजार ६२४ र मृत्यु हुनेको संख्या १५४ पुगेको छ।

Logo