प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभ संकेत होइन : पूर्व प्रधानमन्त्री भट्टराई

प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभ संकेत होइन : पूर्व प्रधानमन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु शुभ संकेत नभएको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका उनले प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको समाचारकाे टिप्पणी गर्दै यस्तो बताएका हुन् । साथै विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारबारे टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको बताएका हुन्।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन् !’, उनले भनेका छन्।

Skip This
Skip This
Logo