काभ्रेमा आज ३०३ जना निको भए, १७२ संक्रमित थपिए

काभ्रेमा आज ३०३ जना निको भए, १७२ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज १७२ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ३०३ छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ४ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ४८ पुगेको छ। जसमा २ हजार ५०६ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै निको हुनेको संख्या ५ हजार ४२५ र मृत्यु हुनेको संख्या १६३ पुगेको छ।

Logo