काभ्रेमा आज १७५ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ९८ छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ३ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार २२४ पुगेको छ। जसमा २ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै निको हुनेको संख्या ५ हजार ५२३ र मृत्यु हुनेको संख्या १६६ पुगेको छ।
































प्रतिक्रिया