ललितपुर महानगरपालिकालाई विध ल्याब प्रालिले अक्सिजन सिलिण्डर सहयोग गर्ने भएको छ। विध ल्याबले १० लिटर दरका २ सय थान अक्सिजन सिलिण्डर महानगरलाई उपलब्ध गराउने भएको हो।
बिहीबार यी दुई संस्थाबीच यस सम्बन्धमा सम्झौता पनि भएको छ । जस अनुसार अझ थप अक्सिजन सिलिण्डर आवश्यक पर्ने अवस्था आए विध ल्याबले उपलब्ध गराउने जनाएको छ।
महामारी पूर्ण नियन्त्रण नहुँदासम्म यी शर्त कायम रहने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र विध ल्याबका अध्यक्ष भीमकान्त भण्डारीद्वारा हस्ताक्षरित सम्झौता पत्रमा उल्लेख गरिएको छ।
सहयोग प्राप्त अक्सिजन सिलिण्डर ललितपुर महानगरले जिल्लाका विभिन्न स्थानीय तहसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आवश्यकता अनुसार उपलब्ध गराइने जनाएको छ।





























प्रतिक्रिया