स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न प्रचण्डकाे माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न प्रचण्डकाे माग

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जो काेही भए पनि कानुअनुसार कारवाही गर्न नेकपा माओवादीका अध्यक्ष प्रच्णडले माग गरेका छन्  ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ८ बजे मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो । 

मृतकका आफन्तले डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड समेत भएकाे छ । 

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको  र चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । 

स्वास्थ्यकर्मीमाथि भएका आक्रमण घटना हुनु निन्दनीय भएकाे भन्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि सांघातिक हमलालाई तुरुन्त कारवाही गर्न माग गरेका हुन् । 

Logo