देशमा हाल बिजुलीको जडित क्षमता १५ सय मेगावाट

देशमा हाल बिजुलीको जडित क्षमता १५ सय मेगावाट

केन्द्रबिन्दु
0
Shares

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ।

यो गत वर्षका तुलनामा ४.१ प्रतिशतले बढी हो। यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ।

त्यसैगरी ०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे  सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित आठ हजार ५८२ किलोमिटर र कच्ची सडक नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ।

यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पु¥याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ। आर्थिक सर्वेक्षण अनुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ। 

काठमाडौँको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूललगायत महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ।

Logo