सरकारले आगामी १० वर्षभित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ।
आव २०७८/०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन्।
२०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि विज्ञसहितको कार्यदल गठन गरिने घोषणा पनि गरे।
साथै प्रयोगकर्ताले तेलबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने घोषणा गरेको छ।
सरकारले कोरोना महामारीबाट सिथिल बनेका व्यवसाय पुनरुत्थानको लागि १४ अर्बको बजेटविनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरुत्थान लागि को लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै, ब्याजमा सहुलियत, पुर्नकर्जाका साथै व्यवसायिक उत्थानका लागि उक्त रकम छुट्याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।





























प्रतिक्रिया