सरकारी कम्पनीबाट खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट

सरकारी कम्पनीबाट खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्।

निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइनेछ।

राजमार्गमा सरकारको बजेट

सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि ६ अर्ब बढी बजेट विनियोजन भएको बताए।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट

सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ।

यो बजेट आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन हो ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्ष क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताए। 

चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा वर्षमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन भएको थियो ।

यो बजेट पाठ्यक्रम वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ अर्थमन्त्री पौडेलले बताए ।

सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ।

Logo