सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ।
शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्ष २०७९/७९ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए।
उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन्। चालु आर्थिक वर्षमा सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो ।
हाल विभागले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ। यो करिब ७० किलोमिटरको खण्ड हो।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिने
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शान्तिप्रक्रियाका बाँकी काम पूरा गरिने बताएका छन्। संक्रमणकालीन न्याय अन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिका छानविन आयोगलाई जिम्मेवारी पूरा गर्न आवश्यक बजेट छुट्याएको समेत अर्थमन्त्री पौडेलले बताए।





























प्रतिक्रिया