काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले पाँचौ हार बेहोरेको छ । गए राति भएको खेलमा हैदरावाद चेन्नेई सुपर किंग्ससँग २० रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा १४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो । उसले ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।
यो जितसँगै चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।





























प्रतिक्रिया