उपप्रधानमन्त्री पोखरेलबाट उज्वल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्वल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन्। 

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन्। यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारकातर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे।

 ‘सरकारकातर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने। 

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। 

Skip This
Skip This
Logo