शनिबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयन चुनौती भएको विपक्ष दल तथा अर्थविद्हरुले बताएका छन्।
तर आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गरे पनि कार्यान्वयन हुने बताए । 'म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो। कार्यान्वयन गरेर देखाउँछौं।' उनले भने
त्यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड १९ पुनरुत्थानसम्बन्धी पर्याप्त कार्यक्रमहरूसहितको बजेट व्यवस्था गरिएकाले ६.५ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउन सहयोग पुग्ने बताएका छन्।
चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भएको आर्थिक क्रियाकलापले पनि उक्त आर्थिक वृद्धिदर भेट्न गाह्रो नहुने दावी गरेका हुन्।
बजेटमार्फत खोप खरिदका लागि पर्याप्त बजेट व्यवस्था गरिएकाले महामारीको प्रभाव कम हुने वित्तिकै अर्थतन्त्रले गति लिने उनको विश्वास छ।





























प्रतिक्रिया