काभ्रेमा आज ५८ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १६८ छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा १ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ५६२ पुगेको छ। जसमा २ हजार ३७२ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै निको हुनेको संख्या ६ हजार ६२ र मृत्यु हुनेको संख्या १७९ पुगेको छ।






























प्रतिक्रिया