३० वर्षभित्र कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा

३० वर्षभित्र कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्सर्जनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिवद्धतामा नेपाल अडिग रहेको बताएकी छन् ।

दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व लक्ष्य(पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनरुत्थान कार्यक्रम महत्त्वपूर्ण हुने भनाइ राखेकी राष्ट्रपति भण्डारीले जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुरामा जोड दिएकी छन् ।

जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने उद्देश्य रहेको उक्त सम्मेलनमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय सङ्गठनका २१ जना प्रमुख सहभागी छन् ।

Skip This
Skip This
Logo