काभ्रेमा आज ३८५ जना निको भए, २४३ संक्रमित थपिए

काभ्रेमा आज ३८५ जना निको भए, २४३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज २४३ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ३८५ छ। आज ३७ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ६ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ८०७ पुगेको छ। जसमा २ हजार २२७ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै निको हुनेको संख्या ६ हजार ४४७ र मृत्यु हुनेको संख्या १८५ पुगेको छ।

Logo