जसपाको ठाकुर पक्षले पनि गर्याे यादवलाई कारबाही, उपेन्द्र यादव पार्टीबाट निष्कासित

जसपाको ठाकुर पक्षले पनि गर्याे यादवलाई कारबाही, उपेन्द्र यादव पार्टीबाट निष्कासित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीबेरपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो।

ठाकुर पक्षका एक नेताले दिएको जानकारी अनुसार नेता उपेन्द्र यादवलाई कारबाही गरिएको र पत्र निर्वाचन आयोग पठाइएको बताएका छन्।

मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए।

जसपामा पनि नेकपा एमालेमा जस्तो आन्तरिक कलहका कारण पार्टी विभाजित भएको छ।

याे पनि

जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता निष्कासित

Skip This
Skip This
Logo