युवा संघका नवनिर्वाचित अध्यक्ष पौडेलद्वारा विभिन्न विभागमा जिम्मेवारी प्रदान

युवा संघका नवनिर्वाचित अध्यक्ष पौडेलद्वारा विभिन्न विभागमा जिम्मेवारी प्रदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पौडेल निर्विरोध निर्वाचित भएका छन्। पौडेलले राष्ट्रिय युवा संघ नेपालको १३ औं अध्यक्षको रुपमा सोमबारबाट पदभार ग्रहण गरेका छन्।

निवर्तमान अध्यक्ष बचनबहादुर सिंहको अध्यक्षतामा जेठ १६ र १७ गते भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई सर्वसम्मत् अध्यक्षतामा चयन गरेको हो।

बैठकको दोस्रो दिन पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। ओलीले युवासंघको विगत, देशको अहिलेको राजनीतिक गतिविधि, पार्टीको आन्तरिक कलहले पारेको प्रभाव र निर्वाचनको विषयमा जानकारी दिएका थिए।

२०४७ सालमा आफ्नै नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक युवा संघको नामबाट नेपाली युवाहरुको भाग्य र भविष्यलाई संवैधानिक, रोजगारी, आत्मनिर्भर, दक्षता अभिवृद्धिलाई उच्च बनाउँदै लगेको बताउँदै ओलीले मुलुक परिर्वतनमा युवाहरुको भूमिका सम्बन्धमासमेत आफ्नो धारणा राखेका थिए।

बैठकको दोस्रो दिन संगठनका इन्चार्ज महेश बस्नेत, नेतृ निरुदेवी पाललगायतका नेतृत्वले संगठनलाई जनताको नजरमा भरलाग्दो तथा जनमूखी परिवर्तनका लागि देशभर व्यापक मात्रामा विस्तार गर्न निर्देशन दिएका छन्।

त्यस्तै सचिवालयको पहिलो बैठकले संघका नेतालाई महत्वपूर्ण विभागीय जिम्मेवारी दिएको संगठनका प्रवक्ता अशोक चौलागाईंले बताए।

युवाहरुको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्न र अझ बढी जनमूखी बनाउनका लागि अध्यक्ष पौडेलले पदभार ग्रहण गरेसँगै पहिलो निर्णयको रुपमा संगठनको नेतालाई विभागीय तथा प्रदेशको जिम्मेवारी प्रदान गरिएको प्रवक्ता चौलागाईंले बताए।

बैठकले हालका उपाध्यक्ष क्षितिज थेवेलाई संगठन विभागको प्रमुख, प्रचार विभागको प्रमुखमा अशोक चौलागाईं, महिला विभागको प्रमुख उर्मिला सुनुवार, विदेश विभाग प्रमुखमा किरण गौतम, प्रकाशन विभागमा रोशन बस्नेत, प्रशिक्षण विभागमा निर्पिन्द्र महत, कार्यालय विभागमा रामजी सापकोटा, कृषि विभाग जय गुरुङ, आर्थिक विभागमा मुकेश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । 

त्यस्तै श्रम विभागको प्रमुखमा रामकाजी बान्तावा, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा बिष्णुहरी त्रिपाठी, पर्यटन विभागको प्रमुख सुनिता बोगटी, सहकारी विभागको प्रमुख रविन थापा, प्राकृतिक स्रोत साधन विभागको प्रमुखमा दिपेन पोमु चयन भएका छन्।

त्यस्तै प्रदेश नं. १ को इन्चार्जमा अञ्जना अधिकारी र संयोजकमा विजय डाँगी, प्रदेश २ को इन्चार्जमा संजिव कुमार झा र संयोजकमा शिवचन्द्र सिंह, बाग्मती प्रदेशको इन्चार्जमा अमित लामा र संयोजकमा प्रकाश गौतम, गण्डकी प्रदेशको इन्चार्जमा सन्तोष रावल र संयोजकमा महेन्द्र गुरुङ, लम्बिनी प्रदेशको इन्चार्जमा सुमन पुरी र संयोजकमा तुलबहादुर अधिकारी, कर्णाली प्रदेशको इन्चार्जमा सुमन बुढा र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा गजेन्द्र शाही र संयोजकमा सन्तोष जोशीलाई जिम्मेवारी दिइएको छ।

संघले प्रवास इन्चार्जमा योगेश साउदलाई जिम्मेवारी दिएको छ। त्यस्तै विशेष प्रदेश कमिटीको इन्चार्जमा पुष्प श्रेष्ठ तथा संयोजकमा राजन थापालाई जिम्मेवारी दिइएको प्रवक्ता चौलागाईंले बताए।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भर्चुअल माध्यमबाट सचिवालयको बैठकले नयाँ जिम्मेवारी प्रदान गरेको भएपनि संगठनको केन्द्रीय सदस्यहरु परिर्वतन नभएको चौलागाईंले बताए।

संघको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण संगठन परिचालित गराउने र कोरोना नियन्त्रण आउनासाथ संगठनको महाधिवेशन गराउने निर्णय गरेको पनि प्रवक्ता चौलागाईंले बताए।

Logo