बालुवा-ढुंगा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौंः गगन थापा

बालुवा-ढुंगा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौंः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बजेटमार्फत प्रस्तुत गरेको बालुवा, गिटी, ढुंगा निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाएका छन्।

सामाजिक संजालमार्फत् यस कार्यको बहिष्कार गर्न सबै पक्षलाई नेता थापाले आह्वानसमेत गरेका छन्।

सरकारले बजेटमार्फत प्रस्तुत गरेको बालुवा, गिटी, ढुंगा निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाउँदै सरकारले नेता थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको समेत थापाले आरोप लगाएका छन्।

ओली नेतृत्वको सरकार वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको समेत थापाले उल्लेख गरेका छन्।

थापाले नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा न्यूनीकरण गर्ने कार्यक्रम नीतिगत भ्रष्टाचार भएको समेत बताएका छन्।

भारततर्फ इंगित गर्दै, आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ, थापाले लेखेका छन्।

नेता थापाले चुरेक्षेत्र तहस नहस पारेर तराईंलाई मरुभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको तर यसपटक भने संसद भंग गरेर भएपनि उक्त निर्णय गरेरै छाडेको बताउँदै यस्तो निर्णय रोकेरै छोड्ने बताएका छन्।

जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले प्रतिरोध गर्ने र आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न थापाले आव्हान गरेका छन्।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा न्यूनीकरण गर्ने कार्यक्रम राखिएको छ। नेता थापाले यसैको विरोध गरेका हुन्।

Skip This
Skip This
Logo