राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।
अत्याधिक दोहन रोक्न गरिएको पछिल्लो निर्णयबाट सरकारपछि हटेको अध्यक्ष राणाको भनाइ छ। सरकारको पछिल्लो कदमलाई उनले अविवेकी, अहितकरको संज्ञा दिएका छन्।
एक्कासी निर्णय बदल्नुको कारण सरकारले स्थापित गर्न नसकेको राणाको आरोप छ। कुनै ठोस योजना बिना गरिएको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन निश्चित भएको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन्।

मंगलबार ट्वीट गर्दै उनले भने, ‘अत्याधिक दोहन रोक्न गरिएको निर्णय किन बदल्नु पर्यो सरकार नाजवाफ छ । अविवेकी, अहितकर निर्णय फिर्ता लिइयोस्।’
राणाले भने, ‘सरकारले खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी एक्कासी फुकुवा गरेको छ । ठोस योजनाबिना, हचुवाको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित देखिन्छ ।’































प्रतिक्रिया