नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका काम र पार्टीकै आन्तरिक विवादबारे छलफल हुने जनाइएको छ।
त्यसो त यसअघि मंगलबार पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए।
बैठकमा पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्नेबारे छलफल भएको थियो।
तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी एकता हुन सक्ने कुनै निर्णय लिन सकेको थिएन।





























प्रतिक्रिया