चन्द्रागिरिमा पर्खाल भत्कँदा दुई जनाको मृत्यु, दुई घाइते

चन्द्रागिरिमा पर्खाल भत्कँदा दुई जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजिकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुई जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुई जनाको मृत्यु र अन्य दुईजना घाइते भएको  जानकारी दिए। 

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन्। घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन्। 

घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए।

Skip This
Skip This
Logo