प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक, महत्वपूर्ण निर्णयहरू लिन सक्ने

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक, महत्वपूर्ण निर्णयहरू लिन सक्ने

केन्द्रबिन्दु
0
Shares

संवैधानिक इजलास गठनसँगै महत्वपूर्ण प्रशासनिक निर्णयहरू गर्न भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन्।

बैठक भोलिका लागि बोलाएका हुन्। बैठकले इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्दै सर्वोच्चको सेवा विस्तार गर्ने जस्ता विषयमा पनि निर्णय लिइने सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासमा रहेका दुई जना न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेको र उनीहरूले इजलास नछाडेपछि इजलासमै रहेका दुई जना न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने निर्णय लिएका थिए।

त्यसपछि समस्यामा परेका प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका प्रतिनिधिहरूसँग छलफल गरेर २३ गतेका लागि इजलास तोकेका थिए।

त्यसअघि उनले इजलास पुनःगठन गर्ने भएका छन्। त्यसका लागि इजलास गठनसम्बनधी नियमावली संशोधन गर्नुपर्ने जस्ता विषयमा निर्णय लिन ‘फुल कोर्ट’ को बैठक बोलाएको बताइएको छ।

Skip This
Skip This
Logo