बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
तथापि यसको घोषणा आगामी मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा हुनेछ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत पत्रकार महासंघको हालै सम्पन्न अधिवेशनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए।

नेपाल टेलिभिजनको बोर्ड सदस्य बस्नेतसँग कान्तिपुर दैनिकमा लामो समय काम गरेको अनुभव छ । उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पनि हुन्। 

Logo