जसपाका दश नेता मन्त्रीको लाइनमा, कसलाई कुन मन्त्रालय?

जसपाका दश नेता मन्त्रीको लाइनमा, कसलाई कुन मन्त्रालय?

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष सरकारमा जाने भएको छ। 

स्रोतका उनुसार मन्त्रीहरुको सपथ आजै साँझ ६ बजे राखिएको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने भएको हो।

जसपाले ८ पूर्ण र २ राज्यमन्त्री पाउने भएको छ। जसमध्ये निम्नानुसार कार्य विभाजन गरिएको छ।

राजेन्द्र महतो– उपप्रधानमन्त्री तथा सहरी विकास
शरदसिंह भण्डारी– ऊर्जा तथा जलस्रोत
अनिल झा– खानेपानी तथा सरसफाई
लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था तथा सहकारी
बिमल श्रीवास्तव– श्रम तथा रोजगार
उमाशंकर अरगरिया–वन तथा वातावरण
चन्दा चौधरी– महिला तथा बालबालिका
एकबाल मियाँ– युवा तथा खेलकूद
चन्द्रकान्त चौधरी– ऊर्जा राज्यमन्त्री
रेनुका गुरुङ–महिला बालबालिका राज्यमन्त्री

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग थियो। रिक्त नरहेको तीन मन्त्रालय पनि ओलीले जसपालाई दिँदा महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको मन्त्री पद गुम्दैछ।

ओलीले उनीहरुलाई केही समेट्छन् वा मन्त्रीबाट निकाल्छन् अहिले यकिन भएको छैन ।

तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने भएका छन्।
 

Skip This
Skip This
Logo