ओली सरकारमा मन्त्रिमण्डन पुनर्गठनः को थपिँदै, को बिदा हुँदै?

ओली सरकारमा मन्त्रिमण्डन पुनर्गठनः को थपिँदै, को बिदा हुँदै?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नका साथै केही मन्त्रीलाई बिदा दिँदै मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी गरेका छन्। 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। जसअनुसार विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्रीमा सपथ ग्रहण गर्नेछन्। नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। 

प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेका हुन्। ओलीले  रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन्। यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। 

यस्तै जसपाबाट शरदसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिचाई, अनिल झा, खानेपानी, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री, चन्दा चौधरी महिला तथा एकबाल मियाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन्।

Skip This
Skip This
Logo