काभ्रेमा आज २०६ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या २७ मात्र छ। आज ५५ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा २ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ। जसमा २ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै निको हुनेको संख्या ७ हजार ५५९ र मृत्यु हुनेको संख्या १९६ पुगेको छ।
.jpg)





























प्रतिक्रिया