साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ७ सयले बढेको हो।
गत हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले बढ्यो ।
आज छापावाला सुनको प्रतितोला ९४ हजार १ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ६ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा १५ रुपैयाँले बढेर एक हजार ३५५ मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया