राप्रपा अध्यक्ष राणाद्वारा मेलम्ची स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण

राप्रपा अध्यक्ष राणाद्वारा मेलम्ची स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका छन्।

‘कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेर स्वास्थ्यकर्मीहरुले गर्नुभएको कार्य उल्लेखनीय रहेको नेपाली समाजले महसुस गरेकै यथार्थ हो। यसै सन्दर्भमा उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष राणाले जूम मिटिङको क्रममा आइतबार मेलम्ची स्वास्थ्य चौकीका डा. आशिष श्रेष्ठसँग कुराकानी गर्दै भने।

नेबुलाइजरसहितको हाइड्रोजन अक्सिजन जेनेरेटरले विद्युत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ। विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सिजन उत्पादन गरि कोभिड विरामीलाई नियमित सेवा दिनेछ।

स्वास्थ्य चौकीका अधिकारीहरुसँग काठमाडौंबाट कुराकानी गर्ने क्रममा अध्यक्ष राणाले जनताको हितमा निरन्तर सहयोग गर्दै जाने बताए।

जेनेरेटर हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु, जिल्ला समिति, क्षेत्रिय कार्य समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो।

Logo