एमाले एकताका लागि पूर्ववत् संरचनामा फर्काउने प्रधानमन्त्री ओलीकाे प्रस्ताव

एमाले एकताका लागि पूर्ववत् संरचनामा फर्काउने प्रधानमन्त्री ओलीकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् ।

ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनात्मक संरचना २०७५ जेठ ३ को अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका हुन् । साथै यसअघिका सबै कारबाही फिर्ता गर्ने समेत बताएका छन् । 

साथै प्रधानमन्त्री ओलीले  शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव पनि गरेका छन् ।

Logo