ओलीले पार्टी एकता हुन नदिने डिजाईनको वक्तव्य जारी गरेः नेतृ झाँक्री

ओलीले पार्टी एकता हुन नदिने डिजाईनको वक्तव्य जारी गरेः नेतृ झाँक्री

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निष्कासित युवा नेतृ रामकुमारी झाँक्रीले ओलीले पार्टी एकता हुन नदिने डिजाईनको वक्तव्य जारी गरेको आरोप लगाएकी छिन्।

ओलीले पार्टीलाई एकतावद्ध बनाउने भन्दै आइतबार साँझ ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए।
अध्यक्ष खड्गप्रसाद ओलीको नामबाट मिडियामा आएको वक्तव्य पढ्न पाइयो, सुरूमा यो बक्तव्य देखेर खुसी लाग्यो, उत्साहित हुँदै पढेँ तर, पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ, झाँक्रीले सामाजिक संजालमा लेखेकी छिन्।

पार्टी एकता प्रचण्डले गर्दा हुन नसकेको ओलीको आरोपमा भने नेतृ झाँक्रीले पार्टी एकताको नाममा अहिले ओलीले झुक्याउन, अल्मल्याउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नु पर्ने बताइन्।

उनले एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबिचमा सहमति गरि वरिष्ठ नेता माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो किन ओलीले मात्र गर्नुपर्थ्याे भन्दै नेता नेपालको बचाउ गरेकी छिन्।

एकता प्रस्तावको बुदा नं ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएकामा झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेको बताइन्।

उनले यो कसले फिर्ता लिने भन्दै प्रश्नसमेत राखेकी छिन्। ओलीको ६ बुँदे प्रस्तावलाई एमाले माधवपक्षका केहि नेताले स्वागतयोग्यको संज्ञा दिएका छन् भने केहिले छल गरेको आरोप लगाएका छन्।

Skip This
Skip This
Logo