साताको चौथो दिन आज सुनको मूल्य बढेको छ। सुन आज १ सयले बढेको हो। आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो । मंगलबार ३ सयले नै बढेको थियो ।
गत हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले बढ्यो ।
आज छापावाला सुनको प्रतितोला ९४ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य आज घटेको छ। तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० मा कारोबार भइरहेको छ।































प्रतिक्रिया