प्रतिनिधिसभा विघटनविरुद्धको निवेदक शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएपछि अब प्रधानमन्त्री केपी ओली पक्षका वकिलहरूले बहस गर्ने भएका छन्।
केपी ओलीलाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र निर्धारित मितिमै मध्यावधि निर्वाचनको माग गर्दै दायर भएको निवेदनमाथि वकिलहरूले बहस गर्ने भएका हुन्।
ओलीलाई प्रधानमन्त्री बनाउन र निर्धारित मितिमै निर्वाचन गर्न माग गर्दै दायर भएको निवेदनको संख्या ४ वटा छ।
यसअघि देउवा पक्षबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव र शम्भु थापाले बहस सकेका छन्।





























प्रतिक्रिया