नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई यसरी अस्वीकार गर्नुभनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए। अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए।
पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनालपक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए। यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुन सक्ने तर पार्टी विभाजन हुन नसक्ने उनले स्पष्ट पारे।
संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताए। पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकाले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गरे। आफूहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए।































प्रतिक्रिया