रेडक्रस जिल्ला शाखा काभ्रेद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

रेडक्रस जिल्ला शाखा काभ्रेद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड नियन्त्रणमा सघाउ पुर्याउने योजना अन्तर्गत आज जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रेडक्रस काभ्रे शाखाका उप–सचिव प्रदीप सापकोटाले जानकारी दिए। 

सुरक्षा निकाय जनपथ तथा सशस्त्र प्रहरी एवं नेपाली सेनालाई स्वास्थ्य सामाग्री अन्तर्गत मेडिकल माक्स ४ हजार थान , सेनिटाइजर १० लिटर तथा स्ट्रेचर २ थान, डेथ बडि व्याग १० थान, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका संयोजक नारायण ढुंगानाले हस्तान्तरण गरेका हुन्।

केहि दिनमा नै नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेलाई मेडिकल माक्स, सेनिटाइजर, फेससिल्ड जस्ता स्वास्थ्य सामाग्री उपलब्ध गराउने उनले जानकारी दिए। 

यस्तै आफ्ना विभिन्न उपशाखाहरुमार्फत रेडक्रसकर्मी, स्वयंसेवकहरु, होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मेडिकल माक्स, फेससिल्ड, सेनिटाइजर तथा स्थानिय पालिकाहरुमा स्थापना गरिएका विभिन्न आइसोलेशनहरुमा मेडिकल माक्स, पिपिइ जस्ता स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको रेडक्रस काभ्रे शाखाका उपसचिव सापकोटाले जानकारी दिएका छन्।

Skip This
Skip This
Logo