प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डललाई पूर्णता: आज आठ मन्त्री नियुक्त

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डललाई पूर्णता: आज आठ मन्त्री नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुरपक्षबाट एक मन्त्री बनाएका छन्। यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

ओलीको २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री छन्।

प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन्। त्यस्तै सञ्चारमा रामबहादुर थापा बादलपत्नी नैनकला थापाले बाजी मारेकी छिन्। विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी हुन्।

पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी हुन्। त्यस्तै प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन्। 

एमालेबाट गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन्। त्यस्तै एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी शाह कृषिमन्त्री बनेकी छिन्। 

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन्। जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो। यता एमालेकी आशा विक वन राज्यमन्त्री बनेकी छिन्। थपिएका नयाँ मन्त्रीहरुलाई आजै सपथको तयारी गरिएको बताइएको छ।

Skip This
Skip This
Logo