नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको हो।
बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा देशको पछिल्लो समसामयीक विषयमा पनि छलफल हुनेछ।
यस अघि कोरोनाका कारण पटक पटक स्थगित कांग्रेसको १४औं महाधिवेशन आगामी भदौमा तय गरिएको छ। संवैधानिक व्यवस्था अनुसार यसपटक जसरी पनि महाधिवेशन गर्नै पर्ने बाध्यता छ।
तर कोरोनाका कारण यसपटक पनि कार्यतालिका प्रभावित हुने भएपछि यसैविषयमा छलफलका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।
कांग्रेसले हालसम्म करिब ८ लाख क्रियाशील सदस्यताको विवरण डेटा सिस्टममा इन्ट्री भएको जनाएको छ।





























प्रतिक्रिया