शुक्रबारको प्रदेशसभा बैठकमा संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि आलोचित नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले माफी मागेका छन्।
आजको प्रदेशसभा बैठकमा उनले आफ्नो अभिव्यक्ति सच्याउँदै आत्मालोचनासहित माफी मागेका हुन्।
आजको प्रदेश सभा बैठकको सुरुमै सभामुखसँग समय मागेर उनले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको र प्रधानमन्त्री केपी ओलीप्रति कुनै रिसिइबी नभएको पनि प्रष्ट पारेका छन् ।
शुक्रबारको बैठकमा उनले विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफलभन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति दिएपछि यसले निकै चर्चा मात्र पाएन चौतर्फी आलोचना पनि भएको थियो।
उनलाई आफ्नै पार्टी नेपाली कांग्रेसले पनि आत्मालोचना गर्न निर्देशन दिएको थियो । यससँगै अन्य नेता तथा सत्तारुढ पार्टी एमालेले वैद्यको अभिव्यक्तिको विरोध गर्दै आत्मालोचनासहित माफी माग्नु पर्ने बताएको थियो।





























प्रतिक्रिया