काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाब जंग शाहलाई पदमुक्त गरेका छन् । आफू विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले उनलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका हुन् ।
आइतबार नेकपाकै १८ जना प्रदेश सभा सांसदले मुुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली निकट ७ जना, वरिष्ठ नेता माधवकुमार नेपाल निकट ८ जना र पूर्व माओवादी निकट ३ जना प्रदेश सभा सांसद रहेका थिए । मुख्यमन्त्री शाहीद्वारा जारी गरिएको पत्रमा लेखिएको छ–‘नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका काम कारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु ।’
त्यस्तै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरी सकेका छन् । पदमुक्त भएका शाह ओली निकट हुन् भने नेपाली दाहाल निकट हुन् ।






























प्रतिक्रिया