नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ।
निलम्बनमा परेका सबै सांसद पार्टी अध्यक्ष केपी ओलीपक्षीय हुन्। उनीहरूलाई दलको ह्वीप उल्लङ्घन गरेको आरोप लागेको छ। सोमबार बसेको दलको बैठकले सोही विषयलाई लिएर निलम्बन गर्ने निर्णय लिएको दलकी सचेतक दुर्गाकुमारी कामीले केन्द्रविन्दुलाई बताइन्।
दलले माओवादी केन्द्रका त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने भन्दै ह्वीप जारी गरेको थियो। तर, ओलीपक्षीय सात जना सांसदहरूले ह्वीप उल्लङ्घन गर्दै विपक्षमा मतदान गरेका थिए। विपक्षमा मतदान गरेका उनीहरूलाई दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए।
स्पष्टीकरण चित्तबुझ्दो नआएको भन्दै निलम्बन गर्ने दलको बैठकले निर्णय गरेको सचेतक कामीको भनाइ छ।
निलम्वनमा परेका सांसदहरू पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र बलदेव रेग्मी रहेका छन्।































प्रतिक्रिया