एक हप्तामा एमाले एकताले नयाँ मोड पाउँछ-योगेश भट्टराई (अन्तर्वार्ता)

एक हप्तामा एमाले एकताले नयाँ मोड पाउँछ-योगेश भट्टराई (अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

पछिल्ला दिनहरुमा नेकपा एमालेको विवादले निकै चर्चा पाएको छ। अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव नेपालपक्षका आआफ्नै अडानले समस्याले निकास पाएको छैन। 

विवादकै बीच जनता समाजवादी पार्टी सरकारमा गएको छ। उता प्रदेशहरुमा पनि उस्तै हलचल छ। गण्डकीमा एमालेको सरकार ढलेको छ। विभिन्न ठाउँमा भएका उपनिर्वाचनमा एमालेकै कारण विपक्षी गठबन्धनलाई फाइदा पुगेको छ। 

राजनीतिक घटनाक्रम देख्दा लाग्छ अब एमाले फुट नजिक पुगेको छ। कुनै आश्चर्य भएमा मात्र एकता कायम रहन सक्छ । तर एमालेकै युवा नेता योगेश भट्टराई भने एकता सम्भव भएको बताउँछन्। केन्द्रबिन्दुसँगको कुराकानीमा उनले दुई नेताहरु आआफ्नो ठाउँमा लचक भए समाधान हुने बताए। एमाले फुटेमा फाइदा पार्टी र देशकै लागि पनि नहुने भन्दै उनले अबको एक हप्तामा नयाँ ढंगले पार्टी अघि बढ्ने दाबी पनि गरेका छन्। 

यसपटक देशको समसामयिक अवस्था र एमालेको कलहमा केन्द्रीत रहेर नेता भट्टराईसँग केन्द्रबिन्दुका लागि मनाेज न्याैपानेले कुराकानी गरेका छन्। हेराैं याे भिडियाेमा 

 

Logo