नदी तटका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध

नदी तटका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध

केन्द्रबिन्दु
0
Shares

स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय भएकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्न, नगराउन अनुरोध गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा 

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए। 

सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए। निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उनले जानकारी दिए।

Logo