प्रदेश १ सरकारद्वारा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

प्रदेश १ सरकारद्वारा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्ग लिम्बूले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन्। 

प्रदेश नंम्बर १ सरकारले चालुतर्फ १४ अर्ब १६ करोड, १५ लाख अर्थात कुल विनियोजित बजेटको ४३.०६ प्रतिशत विनियोजन गरेको छ भने पुँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात कुल विनियोजित बजेटको ४६.३ प्रतिशत विनियोजन भएको छ। 

प्रदेश सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा जाने अनुदानका लागि ३ अर्ब २२ करोड ४२ लाख अर्थात् कुल विनियोजित बजेटको १० प्रतिशत बजेट छुट्याएको छ। त्यस्तै प्रदेशले आगामी आर्थिक वर्षका लागि वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बराबर छुट्याएको छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको स्रोतका रुपमा आन्तरिक राजश्वतर्फ ४ अर्ब ९ करोड ७७ लाख अनुमान गरेको छ।

त्यस्तै, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड ६६ लाख र संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख व्यहोर्ने पनि अनुमान गरेको छ। सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख रुपैंयाँ बराबर र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी बजेट श्रोत अनुमान गरिएको छ।  वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ बराबर व्यहोरिने पनि जनाएको छ।

Logo